आज २०८० साल पुस ७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ७ गते शनिबारको राशिफल


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ७ गते शनिबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : चन्द्रमा दाइने भएकाले दिन राम्रो छ। मन प्रशन्न रहने छ। भौतिक र आध्यात्म दुवैतर्फ ध्यान जानेछ। शिक्षा क्षेत्रमा सफलता मिल्ने देखिन्छ। प्रेम सम्बन्धमा भने खटपट हुनसक्छ।

वृष : तपाईंका व्यवहारिक क्षेत्र अब्बल छन्। वर र पिपलमा जल चढाएर काम थालेमा दीर्घकालसम्म त्यो काम प्रभावकारी हुन्छ। सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ।

मिथुन : शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। पारिवारमा खुसी मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता रहने योग छ। व्यापार गर्दा फाइदा हुने देखिन्छ।

कर्कट : दिन सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह थपिने छ। प्रेम सम्बन्धमा धोका हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

सिंह  : आजको दैनिकी सामान्य छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल भए पनि आर्थिक क्षेत्रमा झुक्याउने भेटिन सक्छन्। आर्थिक व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

कन्या : सोझो पनको लाभ अरुले उठाउने भएकाले चनाखो हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्धमा कुरा काट्ने मान्छे बढ्ने छन्। स्वास्थ्य र शिक्षा क्षेत्रमा राम्रो छ।

तुला : दिन सामान्य राम्रो छ। आर्थिक र शैक्षिक क्षेत्र सबल देखिन्छन्। उन्नतिका लागि घरमा छलफल गर्नु महत्त्वपूर्ण हुन्छ। सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ। परिवारको सहयोग लिएर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

वृश्चिक : वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। व्यवहार गर्न नजान्दा पारिवारिक मनमुटाव हुनेछ। व्यापार व्यवसायमा लगानी गर्नु अघि सचेत हुनुपर्ने देखिन्छ। दिन राम्रो नभएकाले काम गर्नु अगाडि सोच्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। आर्थिक क्षेत्र सबल छ। नाम र दामको चर्चा हुने देखिन्छ। आज बोल्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ। आफ्नै बोलीका कारण पारिवारिक झमेला आइपर्ने हुनसक्छ।

मकर : दिन सामान्य छ। गुरुको गाली खानुपर्ने देखिन्छ। खर्च बढ्नसक्छ। आज यात्रा नगर्नु राम्रो हुन्छ। खानपानका कारण अरुले कुरा काट्नेछन्। परिवारबाट सहयोग मिल्नेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। कुनै नराम्रो खबरले दु :खी बनाउने योग रहेको छ। काम गर्नुपर्दा परिवारबाट सहयोग मिल्नेछ।

मीन : तपाईंका लागि समय राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा चनाखो हुनुपर्ने देखिन्छ। दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ। प्रेममा सफलता मिल्नेछ। आर्थिक क्षेत्र सबल बन्ने योग छ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : १२ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति