इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लालाई रोक्यो शेफिल्डले बराबरीमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लालाई रोक्यो शेफिल्डले बराबरीमा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र शेफिल्ड युनाइटेडले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भिल्लाका लागि निकोलो जनिओलो तथा शेफिल्डका क्यामेरोन आर्चरले एक–एक गोल गरेका थिए ।

खेलको ८७औँ मिनेटमा शेफिल्डका आर्चरले गरेको सुरुवाती गोलको अग्रतालाई रोक्दै भिल्लाका निकोलोले इन्जुरी समयको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।

यो खेल जितेको खण्डमा भिल्ला शीर्षस्थानमा पुग्ने अवसर रहेको थियो । तर बराबरी भएसँगै भिल्ला १८ खेलबाट ३९ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेर पहिलो स्थानमा रहेको आर्सनलको पनि ३९ अंक नै रहेको छ । १९ खेलबाट ९ अंक जोडेको शेफिल्ड अन्तिमबाट दोस्रोमा छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ३९ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री