इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लालाई रोक्यो शेफिल्डले बराबरीमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लालाई रोक्यो शेफिल्डले बराबरीमा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र शेफिल्ड युनाइटेडले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भिल्लाका लागि निकोलो जनिओलो तथा शेफिल्डका क्यामेरोन आर्चरले एक–एक गोल गरेका थिए ।

खेलको ८७औँ मिनेटमा शेफिल्डका आर्चरले गरेको सुरुवाती गोलको अग्रतालाई रोक्दै भिल्लाका निकोलोले इन्जुरी समयको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।

यो खेल जितेको खण्डमा भिल्ला शीर्षस्थानमा पुग्ने अवसर रहेको थियो । तर बराबरी भएसँगै भिल्ला १८ खेलबाट ३९ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेर पहिलो स्थानमा रहेको आर्सनलको पनि ३९ अंक नै रहेको छ । १९ खेलबाट ९ अंक जोडेको शेफिल्ड अन्तिमबाट दोस्रोमा छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ३९ बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत