कालीकोटका ९ स्थानीय तहमध्ये आठमा बिजुली « Khabarhub

कालीकोटका ९ स्थानीय तहमध्ये आठमा बिजुली


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटका ९ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युतको पहुँच विस्तार भएको जानकारी दिए ।

रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा  विद्युत्को पहुँच पुगेको छ ।

आठवटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पुर्‍याउन बाँकी नै छ । आठवटै स्थानीय तहका वडा वडामा विद्युतको प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए ।

‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ’, उनले भने, ‘अब चाँडै पलाँतामा पनि बिजुली पुर्‍याउँछौँ’, उनले भने ।

पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युतको पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । ‘अहिले त्यहाँ बिजुली पुऱ्याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,’ उनले भने ।

जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युतको मिटर जडान गरिएको प्रमुख साहले बताए । ‘विद्युत पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्’, उनले भने । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : २६ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन