मानव अङ्गदान र प्रत्यारोपणमा योगदान गर्न प्रधानमन्त्रीको अपिल  « Khabarhub

मानव अङ्गदान र प्रत्यारोपणमा योगदान गर्न प्रधानमन्त्रीको अपिल 


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई योगदान गर्न अपिल गरेका छन् ।

शनिबार काठमाडौंमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलता सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । 

सामूहिक छलफलका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष पनि यसबारे पुनः प्रतिबद्धता व्यक्त गरिसकेको दोहोर्‍याए  । उनले शरीरका विभिन्न अङ्ग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने महान् अभियानलाई प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको बताएका छन् । उनले भविष्यमा  स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन तत्काल चिकित्सा शिक्षा ऐनमा संशोधनको आवश्यकता भएको समेत धारणा राखे ।

उनले आफू स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै अघि बढ्ने प्रयास गरेको भन्दै प्रधानमन्त्रीको समेत साथ र समर्थन प्राप्त भएको जिकिर गरे ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  २ : २९ बजे

प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने

काठमाडौं – नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)