राष्ट्रियसभाको उम्मेदवार भन्ने कुरा हल्ला हो : देव गुरुङ  | Khabarhub Khabarhub

राष्ट्रियसभाको उम्मेदवार भन्ने कुरा हल्ला हो : देव गुरुङ 


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफू राष्ट्रियसभाको उम्मेद्वार बन्ने भन्ने बारेको कुरा सत्य नभएको बताएका छ्न

उनले यो कुरा हल्ला र भ्रम भएको बताए । केही सञ्चार माध्यमले आफूखुसी लेखेको भन्दै अहिले पार्टीको जिम्मेवारीमा भएकाले त्यतातिर सोच नभएको बताए ।

उनले खबरहबसंग भने, ‘कुनै पनि उम्मेद्वार र उम्मेदवारीका बारेमा अहिले छलफल भएको छैन । म त झन राष्ट्रियसभामा जाने पक्षमा पनि छैन । हुँदै नभएको विषयमा हल्ला त गर्नुभएन नि । यो विषमा छलफल नै भएको छैन ।’

उनले पार्टीमा छलफल हुने र पार्टीले दिएको सल्लाहमा आफू चल्ने बताउँदै अरुलाई अवसर दिने पक्षमा आफू रहेको बताएका छन् । 

उनले भने, ‘को को उम्मेदवार भन्ने विषयमा छलफल नै भएको छैन । यतिकै हल्ला गर्नु त भएन नि । मलाई पनि सोध्नु पर्यो नि ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : १८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस