पोखरामा रवि लामिछानेमाथि खोया प्रहार « Khabarhub

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

भन्छन्, यसलाई सजाएर राख्नेछु


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । 

पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो । 

लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई खोया प्रहार गरेको बताइएको छ । 

ती व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खोया प्रहारपछि रविले भने सजाएर राख्नेछु

सम्बोधनकै क्रममा आफूमाथि खोया प्रहार भएपछि सभापति लामिछानेले खोयालाई जोगाएर राख्ने बताए । उनले भने, ‘मैले आजसम्म सर्टिफिकेट घरको भित्तामा झुण्ड्याएर राखेको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु ।’

‘तबसम्म सजाएर राख्नेछु, तपाईँ हामीले देखेको साझा सपना पूरा हुने छैन ।’ उनले भने ‘कुहिन, झर्न दिन्न, जोगाएर राख्नेछु ।’

उनले खोया प्रहारबाट आफ्नो इरादा नबदलिने पनि बताए । ‘कसैले हिलो छ्यापोस् कसैले ढुंगा हानोस् मेरो इरादा बदलिनेवाला छैन ।’ उनले भने, ‘यी मैले अनुमान गरेकै आक्रमण हुन् । आज गरिएको प्रहारको बदलामा एउटा फूल यहाँ छाडेर जाँदैछु ।’

‘जसले खटाएर प्रहार गरिएको हो, मनबाट गल्ती भएछ भन्ने स्वयंलाई महसुस हुनेगरी काम गरेर देखाउँछु । आजको दिन मेरा लागि अविस्मरणीय रहनेछ ।’ सभापति लामिछानेले भने, हरेक आक्रमणको सामना गरेर मुलुकको सेवा गर्दै जाने एउटा अठोटको फल आज मैले पाएको छु । म यो फललाई जोगाएर राख्नेछु । उहाँको केही दोष छैन ।’

‘यो आक्रोशको अभिव्यक्ति हो । विनम्रतापूर्वक सुरक्षाकर्मी साथीहरुलाई आग्रह छ, फूल दिएर घर पुर्‍याइदिनुहोला ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : ३२ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न