पोखरामा रवि लामिछानेमाथि खोया प्रहार « Khabarhub

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

भन्छन्, यसलाई सजाएर राख्नेछु


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । 

पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो । 

लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई खोया प्रहार गरेको बताइएको छ । 

ती व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खोया प्रहारपछि रविले भने सजाएर राख्नेछु

सम्बोधनकै क्रममा आफूमाथि खोया प्रहार भएपछि सभापति लामिछानेले खोयालाई जोगाएर राख्ने बताए । उनले भने, ‘मैले आजसम्म सर्टिफिकेट घरको भित्तामा झुण्ड्याएर राखेको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु ।’

‘तबसम्म सजाएर राख्नेछु, तपाईँ हामीले देखेको साझा सपना पूरा हुने छैन ।’ उनले भने ‘कुहिन, झर्न दिन्न, जोगाएर राख्नेछु ।’

उनले खोया प्रहारबाट आफ्नो इरादा नबदलिने पनि बताए । ‘कसैले हिलो छ्यापोस् कसैले ढुंगा हानोस् मेरो इरादा बदलिनेवाला छैन ।’ उनले भने, ‘यी मैले अनुमान गरेकै आक्रमण हुन् । आज गरिएको प्रहारको बदलामा एउटा फूल यहाँ छाडेर जाँदैछु ।’

‘जसले खटाएर प्रहार गरिएको हो, मनबाट गल्ती भएछ भन्ने स्वयंलाई महसुस हुनेगरी काम गरेर देखाउँछु । आजको दिन मेरा लागि अविस्मरणीय रहनेछ ।’ सभापति लामिछानेले भने, हरेक आक्रमणको सामना गरेर मुलुकको सेवा गर्दै जाने एउटा अठोटको फल आज मैले पाएको छु । म यो फललाई जोगाएर राख्नेछु । उहाँको केही दोष छैन ।’

‘यो आक्रोशको अभिव्यक्ति हो । विनम्रतापूर्वक सुरक्षाकर्मी साथीहरुलाई आग्रह छ, फूल दिएर घर पुर्‍याइदिनुहोला ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : ३२ बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी