राष्ट्र उज्यालो बनाउने अभियानमा जुटेका छौँ : प्रधानमन्त्री « Khabarhub

राष्ट्र उज्यालो बनाउने अभियानमा जुटेका छौँ : प्रधानमन्त्री


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा आफू जुटेको बताएका छन् । 

माओवादी केन्द्रको बुढानीलकण्ठ नगर सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले नेकपा माओवादी सरकारको नेतृत्वमा रहँदा सधै जनपक्षीय काम गर्ने गरेको र त्यसैको निरन्तरतास्वरुप अहिले मुलुकलाई पूर्णरुपमा उज्यालो बनाउने अभियानमा आफू लागेको बताएका छन्  ।  

उनले भने, ‘देशमा समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य काम हाम्रै पालामा भएका छन् । मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु  तर हामीले गरेका कामको जस लिन सकिरहेका छैनौँ ।’

प्रधानमन्त्रीले आफ्ना तीनवटै कार्यकालमा महत्वपूर्ण काम भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताए । माओवादीले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनतासँगको सम्बन्धलाई विस्तारमा पार्टी लागेको बताए। 

पार्टीको तीनमहिने अभियानबाट जनआधार सुदृढ हुँदै गएको भन्दै आगामी फागुनमा विधान अधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाइने पार्टी अध्यक्ष दाहालले बताएका छन् ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबाट सञ्चालित तीनमहिने अभियानले जनतामा नयाँ ऊर्जा सञ्चार गरेको बताए । जनस्तरबाट उठेका मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले सुकुम्बासी समस्या समाधानका निम्ति अनुभूत हुनेगरि काम गर्न सुझाव दिए । 

 केन्द्रका अर्का नेता विशाल खड्काले बुढानीलकण्ठ नगरको नामकरण गरिएको बुढानीलकण्ठ मन्दिरको ‘ब्राण्डिङ’ गरेर पर्यटक भित्र्याउनुपर्ने बताएका छन्। उनले नगरको सुकुम्बासी  समस्या समाधानमा जोड दिए ।

त्यस अवसरमा स्थानीयबासीका तर्फबाट धोवीखोला नियन्त्रणलगायत नगरक्षेत्रका समस्या समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ६ : ०५ बजे

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका