राजनीतिक धुव्रिकरण आवश्यक : महासचिव पोखरेल « Khabarhub

राजनीतिक धुव्रिकरण आवश्यक : महासचिव पोखरेल


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक धुव्रिकरण आवश्यक रहेको बताएका छन् ।

ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताए ।

‘देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ’, महासचिव पोखरेलले भने। उनले जनताले विकास र परिवर्तन खोजेको भन्दै देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गरे ।

महासचिव पोखरेलले भने, ‘देश जोगाउने र स्वाधीनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्छ ।’मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उनको भनाइ छ । 

महासचिव पोखरेलले मुलुकलाई अगाडि बढाउन आर्थिक, सामाजिक विकास र रूपान्तरणको कामलाई तीव्रता दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : २८ बजे

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध