आज २०७९ साल माघ १० गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल माघ १० गते मंगलबारको राशिफल


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल माघ १० गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

मिथुन : दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।

कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह : मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या : सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

तुला : आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक : बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु : प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर : दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।

मीन : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ५ : ३८ बजे

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी