साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ « Khabarhub

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक परिचालन गरेको छ ।

पाकिस्तानले साउदी अरबमा करिब आठ हजार सैनिक, लडाकु विमानहरूको एक स्क्वाड्रन तथा एउटा हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको रोयटर्सले जनाएको छ ।

तीनजना सरकारी अधिकारी तथा दुई सरकारी स्रोतलाई उद्धृत गर्दै पाकिस्तानले यो सैन्य तैनाथी गत वर्ष साउदी अरबसँग भएको एक सैन्य सम्झौताअन्तर्गत गरेको रोयटर्सले जनाएको हो ।

पाकिस्तानी अधिकारीहरूका अनुसार, साउदी अरबमाथि कुनै आक्रमण भएमा यी सुरक्षाबलहरूले साउदी सेनालाई सहयोग गर्नेछन् ।

हालै अमेरिका–इजरायल र इरानबीचको युद्धका क्रममा साउदी अरबमाथि पनि विभिन्न आक्रमणहरू भएका थिए ।

पाकिस्तानले एकातर्फ उक्त द्वन्द्व रोक्न मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ भने अर्कोतर्फ सम्झौताअन्तर्गत साउदी अरबमा सैन्य तैनाथी पनि गरिसकेको छ ।

पाकिस्तानको सैन्य तथा परराष्ट्र मन्त्रालय र साउदी अरबको सरकारी प्रेस कार्यालयले यस तैनाथीबारे रोयटर्सले गरेको टिप्पणी अनुरोधमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

दुवै देशले यस रक्षा सम्झौताका धेरै पक्षलाई गोप्य राखेका छन् । यद्यपि, दुवै पक्षले कुनै पनि आक्रमणको अवस्थामा पाकिस्तान र साउदी अरब एकअर्काको सुरक्षाका लागि अगाडि आउने स्पष्ट पारिसकेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १० : १७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस