गाउँपालिकाद्वारा नेतृत्व विकास तालिम सञ्चालन   « Khabarhub

गाउँपालिकाद्वारा नेतृत्व विकास तालिम सञ्चालन  


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– बेथानचोक गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवं उद्घोषणसम्बन्धी तालिम सञ्चालन  गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एकहप्ते सो तालिममा वडा नं १ देखि ६ सम्मका जनप्रतिनिधिको सहभागिता रहेको थियो । तालिम कार्यक्रम यही माघ ३ गते सञ्चालन भएर ९ गते समापन भएको हो ।

सो अवसरमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय पालिकामा महिला जनप्रतिनिधिको सार्थक र नेतृत्वदायी भूमिका कमजोर नहोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने उजागर महिला जनप्रतिनिधिको छवि बनेको जनाउँदै उनले यस्ता तालिम तथा कार्यक्रमले यसलाई मजबुत तुल्याउने छ भने ।

उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकामा न्यायिक समितिका साथै अनुगमन समिति, राजस्व परामर्श समिति, बजेट तर्जुमा समिति र गैरसरकारी तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगका समन्वय समितिको जिम्मेवारी महिलाहरूकै काँधमा रहेकाले थप सक्षम हुनुपर्छ भनिन् ।  गाउँपालिकाका प्रशासकीय अधिकृत प्रमुख विश्वनाथ दाहालले सुशासन र समृद्धि सरकारको लक्ष्य भएकाले स्थानीय तहमा महिला नेतृत्वलाई कसरी प्रशिक्षित गर्न सक्छौँ भन्नेबारेमा सोच्न जरुरी भएको बताए। 

 तालिमका सहभागीलाई सार्वजनिक भाषणकला, उद्घोषण कला, क्षमता अभिवृद्धि, नेतृत्व विकासका साथै लैङ्गिक, न्यायिक क्षेत्रका विविध विषयमा तालिम प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुजाता आचार्यले बताए । यस प्रकारका तालिमका लागि माग भई आएकाले तालिम प्रदान गरिएको उनको भनाइ छ । पालिकाले यसअघि महिलालाई मागअनुसारका विभिन्न तालिम दिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ३७ बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना