अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ : सञ्चारमन्त्री शर्मा « Khabarhub

अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ : सञ्चारमन्त्री शर्मा


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनजस्तै हाल चलिरहेका अनलाइनका सञ्चालक सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन् । आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन् ।

प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ । मन्त्री शर्माले सञ्चार मन्त्रालयले आमसञ्चारसँग जोडिएका विषयसँग सम्बन्धित रहेर काम गर्ने बताइन् ।

आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित जिम्मेवार बनाउन काउन्सिल थप सक्रियतापूर्वक लाग्नुपर्ने उनको भनाइ छ । मन्त्री शर्माले काउन्सिल सङ्ग्रहालयमा आमसञ्चार माध्यमका प्राचीन माध्यमको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको समेत धारणा राखिन् । उनले सञ्चारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले प्रेस काउन्सिल कर्मचारी विनियमावली स्वीकृत भइसकेको र अन्य ऐन, कानून प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रको नियमनकारी निकायलाई प्राथमिकतामा राख्न अनुरोध गरे । उनले सीमित जनशक्ति र स्रोत साधनको अभावमा पनि काउन्सिलले आफ्नो जिम्मेवारी बहन गरिरहेको स्मरण गराउँदै काउन्सिललगायत आम सञ्चार क्षेत्रका समस्या सम्बोधन गरिदिन आग्रह गरे ।

काउन्सिलका सदस्य सचिव शङ्कर नेपालले प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली शीघ्र मन्त्रालयमा पठाउने तयारी भएको हुँदा स्वीकृतिको लागि सहयोग गर्न आग्रह गरे । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलका विषयमा संक्षिप्त जानकारीसहित समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक