देशमा कृषि संकटकाल घोषणा गर्न पाकिस्तानी किसानको माग « Khabarhub

देशमा कृषि संकटकाल घोषणा गर्न पाकिस्तानी किसानको माग


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाद्य असुरक्षा बढ्दै गएका बेला पाकिस्तानको किसान संघले मुलुकमा कृषि संकटकाल घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । पाकिस्तानी किसानहरुको संगठन पाकिस्तान किसान इत्तेहाद पीकेआईले सरकारसमक्ष मुलुकमा कृषि संकट घोषणा गर्न माग गरेको हो ।

पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनका अनुसार पीकेआईका अध्यक्ष खालिद मोहम्मद खोखारले सरकारको कृषि नीतिको आलोचना गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस वर्ष सन् २०२३ मा पनि पाकिस्तानले विदेशबाट गहुँ आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उनले बजारमा हाल मलखादको पनि चरम अभाव देखिएकाले यसबारे पनि ध्यान दिन सरकारसँग माग गरे । पछिल्लो समय पाकिस्तानका विभिन्न क्षेत्रमा खाद्यान्नको चरम अभाव देखिएको बताइएको छ ।

पाकिस्तानमा गहुँ र पिठोको मूल्य अकासिएको छ भने किराना पसल तथा गोदाममा पनि खाद्यान्नको सञ्चिती घट्दै गएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : ०५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको