मधेस प्रदेश : तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी « Khabarhub

मधेस प्रदेश : तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई आज मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

आज सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : २५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र