मधेस प्रदेश : तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी « Khabarhub

मधेस प्रदेश : तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई आज मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

आज सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : २५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल