स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गिरी « Khabarhub

स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गिरी


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गर्दै उनले समाजका गरिब र विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राख्न आफूले निर्देशन दिएको जानकारी दिए।

अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनु वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गर्दैैै मन्त्री गिरीले अस्पतालमा सेवा विस्तार र भौतिक संरचना निर्माणमा जोड दिने विश्वास व्यक्त गरे । नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार भएको बताउँदै उनले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए।

मन्त्री गिरीले अस्पतालका विभिन्न विभागको स्थलगत निरीक्षणका क्रममा उपचाररत बिरामी र उनीहरूका आफन्तसँग अस्पतालको सेवा सुविधा र उपचारका बारेमा जानकारी लिएका थिए । पोखरा विज्ञान प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्रीले अस्पतालको गतिविधिबारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ४० बजे

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा