दोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर « Khabarhub

दोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – दोर्दी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छी शाखाको आयोजनामा वडा नं १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा एक सय २६ किसान लाभान्वित भएका छन् ।

सो शिविरमा दुई हजार १३ पशुपन्छीको उपचार तथा औषधि वितरण भएको छ । पचास वटा कुकुरमा रेविज विरुद्धको खोप लगाउनुका साथै तीन सय ४० गाईभैँसी र आठ सय ५० वटा भेँडाबाख्राका लागि आन्तरिक तथा बाह्य परजीविका कारण लाग्ने रोग विरुद्धका औषधि वितरण गरिएको पशुपक्षी शाखा प्रमुख शङ्कर पन्थीले बताए।

त्यसैगरी सात सय ७३ वटा कुखुराका औषधि वितरण गरिएको छ । भिटामिन तथा सिजनअनुसार लाग्ने रोग नियन्त्रणको लागि औषधि वितरण भएको हो । शाखा प्रमुख पन्थीले भने, “हामीले तीन ठाउँमा यस्ता कार्यक्रमका लागि साढे एक लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ, यही मात्रै करिब एक लाख रुपैयाँ बराबरको औषधि वितरण भएको छ ।” केही दिन अघि पालिकाको वडा नं ९ हिलेटक्सारमा यस्तै शिविर आयोजना गरिएको थियो ।

अब आगामी १८ गते वडा नंं ८ बन्सारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने पालिकाको पशुपन्छी शाखाले जनाएको छ । पशु स्वास्थ्य रेविज रोग नियन्त्रण र पशुपन्छीको स्वास्थ्य भई उत्पादन बढाउने उद्देश्यका साथ यस शिविर सञ्चालन गरिएको शाखाका प्रमुख पन्थीको भनाइ छ । शिविरमा किसानलाई पशुमा लाग्ने रोगका बारेमा जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायका बारेमा छलफल तथा परामर्श प्रदान गरेको थियो ।

पन्थीको नेतृत्वमा चार कर्मचारी खटिएका थिए । यस शिविरको उद्घाटन गर्नुहुँदै वडा नं १ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले वडाभित्रका किसानलाई पशुपन्छीमा लाग्ने रोग, उपचारलगायत बारेमा जानकारी हुनुका साथै उपचार पाएपछि उनीहरू लाभान्वित भएको बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ५० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले