पिसाब संक्रमणको लक्षण, जोखिम र बच्ने उपाय « Khabarhub

पिसाब संक्रमणको लक्षण, जोखिम र बच्ने उपाय



मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो । यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने सम्भावना हुन्छ । शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुने गर्छ । अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ ।

अविवाहितभन्दा विवाहितमा धेरै हुन्छ हो ?

हाम्रो अनुभव र विभिन्न अनुसन्धानले पनि त्यही देखाएको छ । महिनावारी हुने समयमा रगतसँगै किटाणु आउने हुन्छ । त्यस्तै, धेरै समयसम्म पिसाब रोकेर राख्दा पनि इनफेक्सन हुने सम्भावना हुन्छ । स्वच्छ र सफा शौचालयको प्रयोग गरिएन, पिसाब फेरेपछि राम्रोसँग सफा गरिएन भने पनि महिलामा पिसाबको संक्रमण धेरै हुन्छ । विवाहित महिला यौनिक रुपमा सक्रिय हुने भएकाले पिसाबको संक्रमको सम्भावना धेरै हुन्छ ।

पिसाबको संक्रमण भएको कसरी थाहा पाउने ? लक्षणहरु के के हुन सक्छन् ?

पिसाबको संक्रमण भएको अवस्थामा लक्षण देखिन पनि सक्छ नदेखिन पनि सक्छ । सामान्यतया पिसाबको संक्रमण हुँदा तल्लो पेट दुख्ने, पिसाब फेरेपछि दुख्ने वा पोल्ने, पिसाब फेरेपछि फेरि जान मन लाग्ने, छोटो छोटो समयमा पिसाब फेर्नुपर्ने तर पिसाब फेर्दा थोपा थोपा मात्र आउने हुनसक्छ । कहिलेकाहीँ पिसाबमा रगत देखा पर्ने, राति तीन चार पटक पिसाब गर्न मन लाग्ने लक्षण देखियो भने पिसाबको संक्रमण भयो भनेर शंका गर्नुपर्छ ।

कस्ता व्यक्तिमा पिसाबको संक्रमणको जोखिम धेरै हुन्छ ?

धेरै जनासँग यौन सम्पर्क राख्ने व्यक्ति, गर्भवती महिला, चिनीरोग भएका महिलामा पिसाबको संक्रमण हुने जोखिम धेरै हुन्छ । त्यस्तै, एचआईभी भएका तथा लगातार भाइरल संक्रमण भएका महिलामा पनि पिसाबको संक्रमण हुने जोखिम धेरै हुन्छ । यसबाहेक धेरै एन्टिबायोटिक लिनुपर्ने अवस्थामा पनि पिसाबको संक्रमण हुनसक्छ । सरसफाइमा उचित ध्यान नदिने, धेरै दिनसम्म एउटै भित्री कपडा प्रयोग गर्नेलाई पनि यसको जोखिम धेरै हुन्छ । त्यसैगरी मिर्गौला, पिसाबनली र पिसाब थैलीमा पत्थरी भएकालाई पनि यो समस्या हुनसक्छ ।

त्यसोभए पिसाबको संक्रमणबाट कसरी बच्ने ?

यसका लागि सबैभन्दा पहिला सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पिसाब धेरै समयसम्म रोक्नु हुँदैन । डेढ दुई घण्टाको फरकमा पिसाब फेर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । तर, त्यसो भन्दैमा एकैपटक धेरै पानी पिउनु पनि हुँदैन । ५, ६ लिटर पानी एकैपटक पिउँदा मिर्गौलालाई भार पर्छ र झनै असर गर्न सक्छ । पटक पटक गरेर एक दिनमा तीन लिटर पानी पिउने गर्नाले सङ्क्रमणबाट बच्न सकिन्छ । आफूले प्रयोग गर्ने शौचालय सधैँ सफा राख्ने, महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड समय समयमा फेर्ने, पिसाबमा केही समस्या हुनेबित्तिकै अस्पताल जाँदा पनि पिसाबको सङ्क्रमणबाट जोगिन सकिन्छ ।

(महिला तथा प्रजनन् रोग विशेषज्ञ डाक्टर निरा सिंहसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ४७ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा