विद्युत् प्रयोग बढाएर अर्थतन्त्रमा सुधार गर्न सकिने « Khabarhub

विद्युत् प्रयोग बढाएर अर्थतन्त्रमा सुधार गर्न सकिने


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– प्रदेश नं १ का खानेपानी, सिँचाइ, तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युत् अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन्। खाना पकाउनदेखि सवारीसाधनमा समेत विद्युत् प्रयोग बढाउनसके अर्थतन्त्रमा गुणात्मक सुधार आउन सक्नेमा उनले जोड दिए।

प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मेन्याङ्बोले विद्युतीय उपकरणको प्रयोग र चार्जिङ स्टेसन विस्तार गर्ने विषय आफ्नो प्राथमिकतामा परेको स्पष्ट पारे । विद्युतीय सवारीसाधन र विद्युतीय चुल्होको प्रयोग बढाउनसके पेट्रोलियम पदार्थका लागि ठूलो रकम खर्च गर्न नपर्नेमा जोड दिँदै उनले आफ्नै देशमा हुने विद्युत् खपतले अर्थतन्त्रमा सुधार आउनाका साथै यसले वातावरण स्वच्छ राख्नसमेत मद्दत पुग्ने उनको भनाइ थियो । 

विद्युतीय सवारीसाधनको प्रयोग बढाउनका लागि प्रदेशभरिका जिल्लामा चार्जिङ स्टेसन विस्तार गर्ने योजनामा आफू रहेको  र यस्तै स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउन पनि आफूले ध्यान दिएको मन्त्री मेन्याङ्बोले बताए । कुनकुन क्षेत्रमा खानेपानीको अभाव र मुहान उपलब्ध छ भन्ने तथ्यांक लिएर सोहीअनुसार प्रदेश सरकारले योजना बनाउने पनि उनले जोड दिए।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्लाका पत्रकारसँग कुराकानी गर्ने क्रममा मन्त्री मेन्याङ्बोले प्रदेशको नामकरणलगायत विषय टुङ्ग्याउन पनि हालको सरकार र सदन प्रयासरत रहेको छ भने । 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ४४ बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष