सम्भावित समीकरण : कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति, माधव एक वर्ष प्रधानमन्त्री « Khabarhub

सम्भावित समीकरण : कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति, माधव एक वर्ष प्रधानमन्त्री


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ पुनः बैठक बस्नेछ ।

शुक्रबार बिहान बसेको बैठकमा कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेका छन् । तर, कांग्रेस राष्ट्रपति छाडेर सहमति गर्ने पक्षमा छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री दिनेगरी कांग्रेसबाटै राष्ट्रपति बनाउने विकल्वमा पनि छलफल भएको छ ।

यसप्रति माधवकुमार नेपाल पनि सकारात्मक भएको एक नेताले जानकारी दिए । छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

उनीहरुबीच कांग्रेसलाई राष्ट्रपति, माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री र जसपाबाट उपराष्ट्रपति बनाउने विषयमा छलफल भएको छ । र, आजै साँझ ५ बजे बस्ने बैठकमा प्याकेजमै सहमति गर्ने गरी बिहानको बैठक नेताहरुले टुंग्याएका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ४२ बजे

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा

भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह

भारतमा अहिले एउटा अनौठो राजनीतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई