युक्रेनमा रुसी आक्रमणको एक वर्ष पूरा, राष्ट्रसङ्घ महासभामा युक्रेनको पक्षमा बलियो समर्थन « Khabarhub

युक्रेनमा रुसी आक्रमणको एक वर्ष पूरा, राष्ट्रसङ्घ महासभामा युक्रेनको पक्षमा बलियो समर्थन


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले पश्चिमी छिमेकी युक्रेनमा आक्रमण थालेको आज एक वर्ष पूरा भएको छ । रुसले गत वर्ष फेब्रुअरी २४ का दिन युक्रेनमाथि आक्रमण थालेको थियो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पूरा हुँदै गर्दा राष्ट्रसङ्घले युक्रेनमा शान्तिको पक्षमा मतदान गरेको छ । युक्रेनबाट रुसी सेना निःशर्त फिर्ता गर्नुपर्ने आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले युक्रेनमा न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको हो । राष्ट्रसङ्घीय महासभामा प्रस्तुत प्रस्तावको पक्षमा एक सय ४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् ।

एक सय ९३ सदस्यीय संयुक्त राष्ट्रसङ्घमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुवाले मतदान गरेका छन् भने दक्षिण अफ्रिका, इरान, चीन र भारतसहित ३२ देश मतदानमा सहभागी भएनन् । युक्रेनलाई राष्ट्रसङ्घमा प्राप्त यो समर्थन बाध्यकारी भने होइन । गत अक्टोबरमा रुसले युक्रेनका चार क्षेत्रलाई गाभेको घोषणाको निन्दा गर्ने प्रस्तावका लागि भएको मतदानमा एक सय ४३ देशले भाग लिएका थिए । अर्थात् ती देश युक्रेनको पक्षमा उभिएका थिए ।

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रसङ्घीय महासभाको मतपरिणामले अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्षमा रहेको स्पष्ट भएको बताएका छन् । यता अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मतदानबाट युक्रेनमा संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तअनुरूप युक्रेनको ‘व्यापक, न्यायपूर्ण र दिगो शान्तिको लागि शक्तिशाली आह्वान’ भएको टिप्पणी गरेका छन् ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गर्दै ‘ग्लोबल साउथ’ युक्रेनको पक्षमा उभिँदैन भन्ने तर्कलाई प्राप्त मतले अस्वीकार गरेको बताए । उनले सत्य कसको पक्षमा छ भन्ने तथ्य पनि अन्तरराष्ट्रिय समुदायले बुझेको बताए ।

महासभामा भारी मतबाट पारित भएको शान्ति प्रस्तावले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको समर्थनलाई पुनः पुष्टि भएको छ भने रुसले कब्जा गरेको युक्रेनी भूभागमा रुसको दाबी अस्वीकृत भएको छ । मतदानले एक वर्षको युद्धपछि विश्व मञ्चमा मस्को निरन्तर एक्लिएको प्रमाणित गरेको छ भने उसलाई तत्काल बिना शर्त आफ्ना सबै सैन्य बल युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाबाट फिर्ताका साथै शत्रुता समाप्त गर्न नैतिक दबाब दिएको छ ।

आफूलाई प्राप्त सीमित समर्थनलाई ख्याल नगरी रुसले सुरक्षा परिषद्मा आफू विरुद्धका बाध्यकारी प्रस्ताव रोक्न आफ्नो भिटो शक्ति प्रयोग गरेको छ । उसले भिटो प्रयोग गरे पनि महासभाले भने युक्रेनप्रति विश्व समर्थन जुटाएको छ ।

जापानका विदशमन्त्री योशिमासा हयाशीले मूर्खतापूर्ण आक्रमक युद्धको दोस्रो वार्षिकी फेरि भेट्न नहुने बताउँदै रुसले तत्काल युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । यता फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनले आजै रुसले युद्ध अन्त्य गर्नुपर्ने माग गरेकी छिन् । उनले रुसले थालेको युद्धले राज्यको अस्तित्वलाई जोखिममा पारेको तथा साम्राज्यवादी योजनाको प्रतिनिधित्व गरेकाले त्यो अस्वीकृत भएको बताइन् ।

रुसले भने पारित प्रस्ताव खारेज गर्दै युक्रेनलाई नवनाजीको संज्ञा दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्ज्याले पश्चिमा राष्ट्रहरूले रुसलाई हराउने उद्देश्यका साथ काम गरिरहेको आरोप लगाए । उनीहरू सम्पूर्ण विश्वलाई युद्धको खाडलमा डुबाएर आफ्नो आधिपत्य कायम गर्न उद्दत रहेका बताए ।

मतदानमा भाग नलिएका भारत र चीनले युक्रेनमा रुसी आक्रमणको निन्दा नगरे पनि मस्कोले दिएको आणविक हतियारको धम्कीको विरोध गरेका छन् । मतदान अघि राष्ट्रसङ्घका लागि चीनका उपप्रतिनिधि डाई विङले तटस्थताको अडान लिएर दुवै पक्षलाई युद्ध अन्त्य गर्न र शान्ति वार्ता थाल्न आह्वान गरे । उनले रुस र युक्रेनबीच तत्काल प्रत्यक्ष शान्तिवार्ता हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : ०७ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्