सरकारी वेबसाइट सुरक्षित बनाउनु पर्छ : सांसद राणा  « Khabarhub

सरकारी वेबसाइट सुरक्षित बनाउनु पर्छ : सांसद राणा 


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारी वेबसाइट तथा डोमेनको भरपर्दो सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले लामो समयदेखि समस्याका रूपमा रहेको वेबसाइट र डोमेन ह्याकको भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले सर्भर डाउन हुँदा कतिपय गोप्य र संवेदनशील कुरा पनि बाहिर आएको भन्दै यसले साइबर सुरक्षामाथि प्रश्न खडा गरेको उल्लेख गरे ।

‘गत माघ १४ गते नेपाल सरकारको केन्द्रीय डाटा बैंकमा आक्रमण भएको थियो, जसबाट सर्भर करिब पाँच घण्टा अवरुद्ध हुँदा झन्डै एक हजार पाँच सय साइट ह्याक भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको पटक पटक सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई यात्रु अलपत्र पर्ने गरेका छन् । धेरै लामो समयदेखि यस्तो समस्या आइरहेकाले समाधानको विकल्प खोजिनुपर्छ’, उनले भने ।

सांसद राणाका अनुसार त्यसअघि नेपाल प्रहरीको वेबसाइट ह्याक भएको थियो । यसअघि विसं २०७४ असार ३ गते राहदानी विभागमा ह्याकरको समस्या आएको थियो । सोही वर्षको साउन २० गते ६० वटा सरकारी साइट अवरुद्ध भएको थियो ।

सरकारी वेबसाइट र डोमेन मात्र नभई निजी क्षेत्रका साइट पनि अवरुद्ध भएको बाहिर आएको भन्दै सांसद राणाले हाल प्रचलनमा रहेको १५ वर्ष पुरानो विद्युतीय कारोबार ऐनको समयसापेक्ष संशोधन जरुरी रहेको उल्लेख गरे ।

उनले सूचना प्रविधिको द्रुतगतिको विकास भइरहेका सन्दर्भमा सरकारले यो ऐनलाई समयसापेक्ष बनाई साइबर सुरक्षालाई मजबुत तुल्याउन पनि ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले बालाजु गोङ्गबु क्षेत्रमा भएको लुटपाटको घटनाबारे सदनलाई जानकारी गराउन माग गरे ।

उनले बहालवाला प्रतिनिधिसभाका सदस्य डा चन्द्रकान्त भण्डारीको दुर्घटनाका बारेमा सदनलाई जानकारी गराउन तथा स्वास्थ्योपचारका सन्दर्भमा भइरहेका प्रयासबारे अवगत गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद थापाले बैंक तथा लघुवित्तको ब्याज आतङ्क, लघुवित्तको ठगीलगायतका घटना बढिरहेको भन्दै यस्ता विषयमा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसदहरू मञ्जु खाँण, सुनिल शर्मा र सीता मिजारलगायतले मुलुकको समसामयिक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : ०२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको