गणपूरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित « Khabarhub

गणपूरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गणपूरक सङ्ख्या नपुगेका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ । यससँगै बैठक आगामी फागुन १५ गते बस्ने छ ।

बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नका प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले जवाफ दिएकी थिइन् ।

उक्त नियमापत्तिपछि सभामुख घिमिरेले ३ मिनेट घण्टि बजाई सचिवालयका कर्मचारीलाई सांसदको सङ्ख्या यकिन गर्न निर्देशन दिएका थिए ।

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्तावलाई संसद्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा तत्काल कायम रहेको सांसदको सङ्ख्या एक चौथाई उपस्थिति हुनुपर्ने व्यवस्था रहेको छ ।

जसअनुसार कम्तिमा पनि ६९ जना सांसदको उपस्थिति हुनुपर्नेमा तीन मिनेट जनाउ घण्टी बजाएपछि पनि जम्मा ५० सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : २४ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार