प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी « Khabarhub

प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसानको पहुँच कसरी कायम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन सुझाएका छन् ।

राष्टिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिको अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको दोस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने विभिन्न नौ विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेकामा शुक्रबार प्राकृतिक स्रोतमा किसानको पहुँच, किसान आयोगको आवधिक रणनीति र कृषिमा बहुराष्ट्रिय कम्पनीका कार्य गरी तीन विषयमा प्रारम्भिक छलफल भएको थियो ।

गोष्ठीमा कृषि क्षेत्रमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका काम र कारोबारसम्बन्धी अध्ययन र अनुगमन, त्यससम्बन्धी नियमन गर्न नेपाल सरकारलाई सुझाव दिने गरी अध्ययन सुरु गरिएको जानकारी दिइयो । डेव टेक नेपाल र नेपाल फार्मर्स एडभाइजरी काउन्सिलबाट गरिन लागेको सो अध्ययनबाट नेपाली कृषिमा बहुर्राष्ट्रिय कम्पनीको प्रवेशबाट भएको लाभ र चुनौती पत्ता लाग्ने जानकारी अध्ययन टोली नेता डा सिद्धिगणेश श्रेष्ठले दिए।

यसैगरी कृषि कार्यमा प्रयोग हुने प्राकृतिक स्रोत र साधनमा किसानको पहुँच बढाउन र अधिकार स्थापना गर्नका लागि ठोस कार्ययोजना बनाउनेबारे पनि अध्ययन हुने जनाइएको छ । यसबाट प्राकृतिक स्रोतमा किसानको पहुँचबारे जानकारी प्राप्त हुनुका साथै त्यस्तो अधिकार बढाउनका लागि मद्दत पुग्ने अध्ययनकर्ता डा नारायणबहादुर श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय किसान आयोगको आवधिक रणनीति तयार गर्न विशेष अध्ययन हुने सो अवसरमा बताइयो । कार्यक्रममा दिइएको जानकारी अनुसार माउन्ट डिजिट टेक्नोलोली प्रालि र नेपाल फार्मर्स एडभाइजरी काउन्सिल नामक संस्थाले गर्ने उक्त अध्ययनले कृषिको आधुनिकीकरणका लागि गरिनुपर्ने नीतिगत व्यवस्था र आयोगको भूमिकालगायतका विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन दिनेछ ।

आयोगका सदस्य जीवन्ती पौडेलले देशका नीति निर्मातादेखि किसानले आयोगलाई नचिनेको भन्दै यस्तो अवस्थालाई चिर्न आवधिक रणनीतिसम्बन्धी अध्ययनले मद्दत गर्नुपर्ने बताए । बहुराष्ट्रिय कम्पनीको प्रवेशबाट नेपालको रैथाने बालीनालीमा परेको खराब असरबाट जोगाउने गरी अध्ययन गरिनुपर्ने उनको भनाइ थियो ।

आयोगका अध्यक्ष डा प्रेम दङ्गालले प्राकृतिक स्रोतमा किसानको अधिकारबारे अध्ययन गर्दा खनिज पदार्थको प्रयोगको अधिकार समावेश गरिनुपर्ने बताए । उनले अध्ययनकर्तालाई विषयवस्तुमा गहन तथा विस्तृत अध्ययन गरेर सुझाव दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५० बजे

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

एमालेको ११औँ महाधिवेशन आजदेखि, २२ सय बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनआजदेखि सुरु हुँदैछ । महाधिवेशनको

सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ?

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि

२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २७ गते शनिबार तदनुसार