राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु | Khabarhub Khabarhub

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेँसीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरे ।

सो अवरमा उनले देशको सांस्कृतिक पक्षको संवर्द्धनका लागि लोक सङ्गीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । विज्ञान र प्रविधिको विकाससँगै कला र संस्कृतिको संरक्षणमा जोड दिन प्रतिष्ठानका कलाकारलाई आग्रह गर्दै उनले बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

आफ्नै गृह जिल्लामा देशभरका कलाकारको उपस्थितिले धादिङको गौरव बढाएको मुख्यमन्त्री जम्कट्टेलले बताए । “कलाकारको उपस्थितिले धादिङलाई सांस्कृतिक पक्षबाट पनि चिनाएको छ, त्यसको निम्ति आभार व्यक्त गर्दछु”, उनले भने । देश विकासमा सङ्गीतको योगदान अतुलनीय रहेको उनको धारणा थियो ।

बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले लोक तथा दोहोरी क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै थुप्रै चुनौती आइरहेकाले कलाकारले त्यस्ता चुनौतीसँग सजग भएर अघि बढ्न जरुरी रहेको बताए । धादिङ जिल्लाबाट निर्वाचित सांसद, पार्टी प्रतिनिधि, स्थानीय सरकारका प्रमुखले पनि कला संस्कृतिको संरक्षणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिनुभएको छ । बयालीस हजारभन्दा सदस्य भएपनि हजार बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेको प्रतिष्ठानले जनाएको छ । महाधिवेशन फागुन १४ गते समापन हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ४४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास