बाघको आक्रमणबाट महिलाको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट महिलाको मृत्यु


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणका कारण कञ्चनपुर पुनर्वास नगरपालिका–१० भीमबस्तीकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।

भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

“पारि एसएसबीको नंं ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला घाँस काट्न गएका रहेछन्”, उनले भने, “सोही क्रममा कलशालाई बाघले आक्रमण गरेको हो ।”

प्रहरीका अनुसार अन्य महिलाहरु सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने प्रमुख प्रहरी निरीक्षक मल्लले बताए । “शव आजै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर परीक्षण गर्ने तयारी छ”, उनले भने, “मतृकको घाँटी र टाउको चोट देखिएको छ ।”

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : ४८ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा