लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत | Khabarhub Khabarhub

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेशको सरकार पनि ढलेको छ।

मुख्यमन्त्री लीला गिरीले आजको प्रदेशसभामा विश्वासको मत नपाए पछि सरकार ढलेको हो।

गिरीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खस्यो।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्तमा नियुक्त गिरी नेतृत्वको सरकार १०३ दिनमै ढलेको हो।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन् ।

त्यसक्रममा उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दाबी गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री ​खगराज अधिकारीले पनि शनिबार विश्वासको मत नपाएर पदमुक्त भइसकेका छन्।

दुवै मुख्यमन्त्री अब कामचलाउ सरकार बनेका छन् । अर्को मुख्यमन्त्री नआउन्जेलसम्म प्रशासनिक कार्य मात्र गर्न पाइनेछ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : १७ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम