लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेशको सरकार पनि ढलेको छ।

मुख्यमन्त्री लीला गिरीले आजको प्रदेशसभामा विश्वासको मत नपाए पछि सरकार ढलेको हो।

गिरीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खस्यो।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्तमा नियुक्त गिरी नेतृत्वको सरकार १०३ दिनमै ढलेको हो।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन् ।

त्यसक्रममा उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दाबी गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री ​खगराज अधिकारीले पनि शनिबार विश्वासको मत नपाएर पदमुक्त भइसकेका छन्।

दुवै मुख्यमन्त्री अब कामचलाउ सरकार बनेका छन् । अर्को मुख्यमन्त्री नआउन्जेलसम्म प्रशासनिक कार्य मात्र गर्न पाइनेछ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : १७ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे