चितवन-२ मा मतगणना सुरु  « Khabarhub

चितवन-२ मा मतगणना सुरु 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो। 

इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्ल‌ंघन गरेको भन्दै आइतबार नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार गरेको थियो ।

दुवैलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले सोमबार बिहान तीन बुदेँ सहमतिपछि मतगणना गर्न मञ्जुर भएकाले मतगणना सुरु गरिएको हो ।

जसअनुसार रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको विषय केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरु माथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने, प्रमुख जिल्ला अधिकारीलाई मतगणनास्थलमा उपस्थित हुन नदिनेलगायतका सहमति भएको थियो ।

चितवन–२ मा लामिछानेसहित नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ जनाइएको छ । जसअनुसार मतगणना स्थललाइ तारजाली घेरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : २१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना