रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने « Khabarhub

रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भैरहवा– वैशाख १५ र १६ गते ४ देशका कराते खेलाडीहरू बीच रुपन्देहीमा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत नेपाल, भारत, भुटान र बङ्गलादेश गरी करिब ३०० जना कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउँदै आएको जापान गोजुरियो कराते डो मिसनले आफ्नै आतिथ्यतामा प्रतियोगिता आयोजना गर्न लागेको डो.मिसन संघका संस्थापक काजी रानाले जानकारी दिए ।

विभिन्न २० वटा उमेर समूहमार्फत प्रतियोगिता हुने समूह मध्ये अधिकतम पदक ल्याउने टिमलाई च्याम्पियनको उपाधिबाट पुरस्कृत गरिने आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।

दुई दिने प्रतियोगितामा सहभागी हुन भारतबाट एक सय बढी, भुटानबाट १०, बङ्गलादेशबाट १२ र नेपालबाट गरी २५० बढीले प्रतिस्पर्धा गर्नेछन् ।

रुपन्देहीको मणिग्राक स्थित ससुराली होटलको सभा हलमा हुने प्रतियोगिता २ वटा रिङमा समानान्तर रूपमा चल्ने लुम्बिनी कराते महासंघ लुम्बिनी प्रदेशका संरक्षक भरत केसीले बताए ।

विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताबाट च्याम्पियन बनेको नेपालले यस पटक घरेलु मैदानमै स्वच्छ प्रतिस्पर्धा गर्नेछ । मार्सल आर्ट अन्तर्गतको कराते खेल सधैँ व्यवहारमा प्रयोग भइरहने हुँदा यसको महत्त्व धेरै रहेकोले कराते खेलतर्फको आकर्षण बढ्दो रहेको सचिव गिरीप्रसाद पुनले बताए ।

उनले हाम्रो आत्म सुरक्षाका लागि पनि यसको महत्त्व रहेकोले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता रुपन्देहीमा नै गराउन लागिएको बताए ।

भारतको उत्तरप्रदेश, विहार, गुजरात, झारखण्ड लगायतका खेलाडीहरू प्रतिस्पर्धाका लागि मात्रै होइन नेपालको बहादुर खेलाडीहरूसँग अनुभव साटासाट हुने ध्येले पनि सहभागिता जनाउन लागेको डो मिसन संघका उपाध्यक्ष सतिश कुमार चौधरीले भने ।

अहिले आर्थिक संकटको समयमा आयोजना गर्न लागिएको प्रतियोगिताले यस क्षेत्रको र समग्र नेपालको परिचय दिने भएकोले तिलोत्तमा नगरपालिकाको सह आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताले यस क्षेत्रको सामाजिक, आर्थिक र सांस्कृतिक मात्रै नभएर पर्यटन क्षेत्रमा पनि टेवा पुर्‍याउन विश्वास आयोजक संस्थाको रहेको छ ।

आयोजक मिसन संघको नेतृत्वले नेपाललाई प्रतिनिधित्व गर्दै सन् २०१४ मा पुनामा भएको वर्ल्ड च्याम्पियनसीप अवार्ड, सन् २०१७ मा दिल्लीमा भएको साउथ एशियन च्याम्पियनसीप, सन् २०२१ मा पटनामा इन्टरनेशनल च्याम्पिसयनसीप र सन २०२० मा कोलकत्तामा इन्टरनेशनल च्याम्पिसयनसीप लगायतको चर्चित अवार्डहरू जिते पनि घरेलु मैदानमा आउने नतिजा पनि सफल नै हुने विश्वास लिएको प्रतियोगिताका प्रमुख प्रशिक्षक रानाले भने । नेपालको नामलाई उच्चमा राख्न खेलाडीले करातेको माध्यमबाट भूमिका खेले पनि सरकारको तर्फ खासै नहेरिएको उनले गुनासो गरे ।

जापान गोजुरियो सन् २००४ मा स्थापना भएको हो । हाल यस मातहत नेपालभर ३० डोजो र भारतमा १५ डोजो छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ०१ बजे

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा