सन्दीप लामिछानेको मुद्दामा बहस सुरु « Khabarhub

सन्दीप लामिछानेको मुद्दामा बहस सुरु


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको छ ।

लामिछानेका वकिल मुरारी सापकोटाका अनुसार न्यायाधीश दीपक ढकालको इजलासमा बहस सुरू भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।

अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरूको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भए पछि आजै फैसला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र  क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।

नाबालिग बलात्कारका मुद्दामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशबाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्दा लडिरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ०१ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा