बारा-२ अपडेट : १७१७ मत गणना सकियो, उपेन्द्र यादवको अग्रता कायमै « Khabarhub

बारा-२ अपडेट : १७१७ मत गणना सकियो, उपेन्द्र यादवको अग्रता कायमै


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

बारा– बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार १७१७ मतगणना भइसकेको छ । 

जसमा जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले ५१३ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ४८५ मत ल्याएर पछ्याइरहेका छन् । 

यसैगरी, एमाले पुरुषोत्तम पौडेलले ४२०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०७ र  आम जनता पार्टीका अरूण ज्ञवालीले ५३ मत ल्याएका छन् । 

बारा–२ मा ६८ हजार ८८७ मत खसेको छ । आइतबार बारा–२, चितवन–२तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ३४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई