लमजुङका प्रदेशसभा सदस्य पौडेलले सार्वजनिक गरे चुनावी खर्चको विवरण « Khabarhub

लमजुङका प्रदेशसभा सदस्य पौडेलले सार्वजनिक गरे चुनावी खर्चको विवरण


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

गत मंसिर ४ गतेको निर्वाचनमा लमजुङबाट प्रदेशसभामा चुनिएका पौडेलले सोमबार खर्च विवरण सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलन गरेर उनले खर्च विवरण सार्वजनिक गरेका हुन् । सवारी साधन शीर्षकमा १ लाख ३४ हजार रुपैयाँ, इन्धन शीर्षकमा ७७ हजार ६ सय १५ रुपैयाँ, खाना तथा खाजाका लागि १ लाख ४४ हजार रुपैयाँ, झण्डा तथा ब्यानर निर्माणको लागि १ लाख ८२ हजार २ सय रुपैयाँ र पर्चा पम्प्लेटमा तीन लाख ४४ हजार २ सय गरी कुल ८ लाख ८१ हजार १५ रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

उनले सोही विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र खर्चको विवरण बुझाउनुपर्ने प्रावधान भए पनि अधिकांश उम्मेदवारहरुले अहिलेसम्म खर्च सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ४१ बजे

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो

काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका

सर्वोच्चले गर्‍यो ओलीलाई छाड्न अस्वीकार, सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण, प्रहरीको भूमिकामा कुनै हस्तक्षेप नहुने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि