अफ्रिकाबाट भारत ल्याइएको दोस्रो चितुवाको मृत्यु « Khabarhub

अफ्रिकाबाट भारत ल्याइएको दोस्रो चितुवाको मृत्यु


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको मध्य प्रदेश राज्यको कुनो राष्ट्रिय निकुञ्जमा एक महिनाभन्दा कम अवधिमा दोस्रो चितुवाको मृत्यु भएको छ ।

यो गत फेब्रुअरीमा दक्षिण अफ्रिकाबाट भारतमा ल्याइएका १२ ठुला बिरालाहरू मध्ये एक थियो । भारतले गत वर्ष चितुवालाई आधिकारिक रूपमा विलुप्त भएको घोषणा गरेको ७० वर्षभन्दा बढी समयपछि पुनः ल्याएको हो ।

गत २७ मार्चमा, नामिबियाबाट ल्याइएका जनावरहरूको पहिलो समूहको एक पोथी चितुवाको मिर्गौला रोगका कारण शङ्कास्पद मृत्यु भएको थियो।

नामिबियावाट ५ भाले र ३ पोथी गरी ८ नामिबियन चितुवाहरूलाई गत वर्ष धूमधामका साथ भारतमा स्थानान्तरण गरिएको थियो ।

यता, फेब्रुअरीमा दक्षिण अफ्रिकाबाट थप १२ वटा चितुवा भारत ल्याइएको थियो। ती सबैलाई जङ्गलमा छोड्नु अघि कुनोको पार्कमा नियन्त्रित क्वारेन्टाइन क्षेत्रमा राखिएको थियो। वन अधिकारी र चिकित्सकको टोलीले उनीहरूको आवतजावतको अनुगमन र निगरानी गरिरहेको छन् ।

यसैगरि भारतले २९ मार्चमा  ४ चितुवाको बच्चालाई आफ्नो देश भित्राएको थियो उक्त चितुवाहरू गत सेप्टेम्बरमा नामिबियाबाट ल्याएको एक पोथीबाट जन्मिएको थियो ।

सन् १९४७ मा स्वतन्त्रतापछि विलुप्त हुने यो मात्र ठूलो स्तनपायी हो ।

शिकार, घट्दो वासस्थान र पर्याप्त शिकारको अभाव – कालो हरिण, हरिण र खरायो – भारतमा बिरालो लोप हुनुको मुख्य कारणहरू थिए।

वन्यजन्तु विशेषज्ञहरूले भारतमा जनावरको पुनः परिचयलाई स्वागत गरेका छन् तर कतिपयले उनीहरूलाई अन्य सिकारीहरूबाट हुने सम्भावित जोखिम र पर्याप्त शिकार नहुने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ४३ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा