सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले सहज जित हासिल गरेको छ । 

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  एपीएफको जितमा अब्डोउ रमानीअर्मान्ड बिडोमले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा रमानीले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा बिडोमले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।

 एपीएफको यो पाँचौं जित हो । जितसँगै एपीएफले १२ खेलमा १७ अंक जोडेको छ । एपीएफ पाँचौं स्थानमा उक्लिएको छ ।

खुमलटार १२ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ५ : २६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी