सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले सहज जित हासिल गरेको छ । 

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा रमानीले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा बिडोमले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।

 एपीएफको यो पाँचौं जित हो । जितसँगै एपीएफले १२ खेलमा १७ अंक जोडेको छ । एपीएफ पाँचौं स्थानमा उक्लिएको छ ।

खुमलटार १२ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ५ : २६ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको