आदिवासी जनजाति आयोगद्वारा वार्षिक प्रतिवेदन पेश « Khabarhub

आदिवासी जनजाति आयोगद्वारा वार्षिक प्रतिवेदन पेश


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम  आयोगको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै संविधानको मर्मअनुसार मुलुकको विकास र समृद्धिका निमित्त हामी सबै समावेशिताका साथ आगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिँदै आयोगले यस कार्यमा थप सशक्त बनाउन केन्द्रित रहेको प्रतिवेदनबाट स्पष्ट भएको विचार राखे ।

प्रदेश प्रमुख खापुङले भने , ‘नेपाल बहुजातजाति, बहुधार्मिक, बहुसंस्कृति र भौगोलिक विविधता भएको मुलुक हो, संविधानले समानुपातिक, समावेशितालाई जोड दिएको छ ।’

आयोगका सदस्य राईले प्रतिवेदन पेस गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति, र परम्परागत पेसालाई संरक्षण सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेट उल्लेख गर्न आग्रह गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ०७ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार