आदिवासी जनजाति आयोगद्वारा वार्षिक प्रतिवेदन पेश « Khabarhub

आदिवासी जनजाति आयोगद्वारा वार्षिक प्रतिवेदन पेश


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम  आयोगको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै संविधानको मर्मअनुसार मुलुकको विकास र समृद्धिका निमित्त हामी सबै समावेशिताका साथ आगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिँदै आयोगले यस कार्यमा थप सशक्त बनाउन केन्द्रित रहेको प्रतिवेदनबाट स्पष्ट भएको विचार राखे ।

प्रदेश प्रमुख खापुङले भने , ‘नेपाल बहुजातजाति, बहुधार्मिक, बहुसंस्कृति र भौगोलिक विविधता भएको मुलुक हो, संविधानले समानुपातिक, समावेशितालाई जोड दिएको छ ।’

आयोगका सदस्य राईले प्रतिवेदन पेस गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति, र परम्परागत पेसालाई संरक्षण सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेट उल्लेख गर्न आग्रह गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ०७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी