द्वन्द्वग्रस्त सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी उद्धारको अभियान सुरु « Khabarhub

द्वन्द्वग्रस्त सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी उद्धारको अभियान सुरु


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि विभिन्न मुलुक एवम् निकायहरुले अभियान सुरु गरेका छन् ।

राजधानी खार्तुमको मुख्य विमानस्थलमा समेत भिडन्त भएको बताइएको छ । विमानस्थल सेनासँग लडिरहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफको नियन्त्रणमा गएको छ ।

खार्तुमबाट ८५० किलोमिटरको दूरीमा रहेको लाल सागरस्थित पोर्ट सुडान बन्दरगाहबाट पनि उद्धार कार्य भइरहेको छ ।

सुडानमा विभिन्न देशहरूले फसेका नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने प्रयासमा साउदी अरबले सबैभन्दा पहिले पहिलो पटक सफल उद्धारको नेतृत्व गरेको थियो, जसमा नौसैनिक उद्धार टोलीले विदेशी कूटनीतिज्ञ र अधिकारीहरू सहित १५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरेको थियो ।

कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बङ्गलादेश, फिलिपिन्स, क्यानडा र बुर्किना फासोका गरी १२ मुलुकका नागरिकलाई साउदी अरबले ‘सुरक्षित’ रूपमा उद्धार गरेको जनाएको छ ।

आइतबार अमेरिकी सेनाले खार्तुमबाट अमेरिकी दूतावासका कर्मचारीलाई बाहिर निकाल्न तीन वटा चिनुक हेलिकप्टर पठाएको थियो ।

एक सयभन्दा बढी अमेरिकी सेनाले सोही सङ्ख्यामा एक घण्टाभन्दा कम समयमा मानिसहरूलाई सुडानबाट बाहिरिन सघाएका थिए । अमेरिकी अधिकारीहरुले आगामी दिनमा अमेरिकी नागरिकहरुको उद्दारका लागि व्यापक प्रयास हुने सम्भावना नरहेको बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले पनि आफ्नो दूतावासको टोलीलाई बाहिर निकालेको बताएका छन् ।

त्यसैगरी, बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायती सेनाले ‘जटिल र द्रूत’ अपरेसनमार्फत् बेलायती दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई बाहिर निकालेको बताएका छन् । सुडानमा अझै पनि फसेका बेलायती नागरिकले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् ।

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार भने, “हामीले तपाईं कति कठिन र डरलाग्दो परिस्थितिमा हुनुहुन्छ भन्ने बुझेका छौं त्यसैले हामी तपाईंलाई सहयोग गर्न काम गरिरहेका छौं ।” नर्वेका राजदूतले नर्वेका अन्य कूटनीतिज्ञ लगायत उनीहरूका परिवारलाई पनि उद्धार गरिएको जानकारी दिएका छन् ।

युरोपियन युनियन (ईयू) ले आइतबार उद्धारका लागि समन्वयको कोसिस भइरहेको बताएको छ । ईयू प्रतिनिधिमण्डलका साथै सात सदस्यको सुडानमा मिसन छ । दुई फ्रान्सेली विमान आइतबार जिबुटीमा विभिन्न देशका २०० जनालाई लिएर अवतरण गरेका थिए ।

नेदरल्यान्ड्सका विदेशमन्त्री वोप्के होक्स्ट्राले केही डच नागरिकलाई फ्रान्सेली विमानबाट उद्धार गरिएको र अर्को समूह संयुक्त राष्ट्रसङ्घको लस्करमार्फत खार्तुमबाट सडकमार्ग हुँदै प्रस्थान गरेको बताएका छन् । ग्रीसको विदेश मन्त्रालयले फ्रान्सको सहयोगमा सुडानबाट उद्धार गरिएकाहरूको पहिलो समूहले खेद प्रकट गरेको जनाएको छ ।

इटालीले आइतबार गरेको सैन्य उद्धारमा ‘देश छोड्न आग्रह गरेका’ सबै इटालियन नागरिक, स्विट्जरल्यान्डका नागरिक र भ्याटिकनका प्रतिनिधिसहित अन्य २०० जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको थियो ।

जर्मनीले बुधबार जर्मन र अन्य राष्ट्रियताका नागरिकसहित तीन वटा विमान प्रयोग गरी ३०० जनालाई उद्धार गरेको जनाएको छ । स्पेनका अनुसार ३० जना स्पेनी र ७० जना अन्य देशका नागरिक गरी १०० जना यात्रु लिएर स्पेनी सेनाको विमान आइतबार जिबुटीका लागि उडेको छ ।

स्वीडेनका रक्षामन्त्रीले आइतबार एएफपीसँग कुरा गर्दै कूटनीतिज्ञ र अन्य स्वीडेनी नागरिकको उद्धारका लागि १४० देखि १५० सैनिक परिचालन गरिएको बताएका छन् । सुडानमा रहेका १५० जना नागरिकको उद्धारका लागि आयरल्याण्ड सरकारले जिबुटीमा १२ जना सुरक्षाकर्मी तैनाथ गरेको छ ।

त्यस्तै, टर्कीले आफ्ना अनुमानित ६०० नागरिकमध्ये केहीलाई उद्धार गर्न खार्तुमका दुई जिल्ला र दक्षिणी शहर वाड मदनीबाट सडकमार्ग हुँदै आइतबार बिहानैदेखि उद्धारको काम शुरु गरेको जनाएको छ । तर खार्तुमको एउटा मस्जिद नजिकै ‘विष्फोट’ भएपछि उक्त स्थानबाट उद्धार गर्ने योजना स्थगित गरिएको टर्कीको दूतावासले जनाएको छ ।

इजिप्टको सेनाले गत साता सुडानबाट आफ्ना १७७ सैनिकलाई निकालेको थियो । आइतबार विदेश मन्त्रालयले ४३६ जना नागरिक स्थलमार्गबाट बाहिरिएको जनाएको छ ।

सुडानमा १० हजारभन्दा बढी इजिप्सियन नागरिक रहेको अनुमान गरिएको छ । जोर्डनले शनिबार करिब ३०० नागरिकको उद्धार कार्य शुरु गरेको र संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरबसँग निरन्तर सहकार्य भइरहेको जनाएको छ ।

इराकी दूतावासका कर्मचारीले शनिबार खार्तुम छोडेको विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहाफले जानकारी दिएका छन् । लेबनानी अधिकारीका अनुसार आफ्ना ६० जना नागरिकले खार्तुमबाट सडक मार्ग हुँदै प्रस्थान गरेका छन् भने ८३ जना लिबियाली नागरिक पनि सुडान बन्दरगाह पुगेका छन् ।

ट्युनिसियाली दूतावासले सोमबारका लागि उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ, जसमा केही नागरिक साउदी जहाजमा चढेर गइसकेका छन् । उद्धारको तयारी गरिरहेका अन्य देशहरूमा दक्षिण कोरिया र जापान पनि सामेल छन्, जसले नजिकका देशहरूमा सेना तैनाथ गरेका छन् ।

भारतको विदेश मन्त्रालयले साउदी अरेबियामा वायु सेनाका दुई विमान ‘तयारी अवस्थामा’ रहेको र नौसेनाको एउटा जहाज पोर्ट सुडान आइपुगेको बताएको छ । चिनियाँ कूटनीतिज्ञहरूलाई बाहिर निकाल्ने प्रयासमा पनि समन्वय गरिरहेको सुडानी सेनाले जनाएको छ ।

इन्डोनेसियाका अनुसार खार्तुमस्थित दूतावास परिसरमा ४३ जना नागरिक आश्रय लिइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : १६ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान

स्याङ्जाको एउटा केन्द्रमा भिजेका मतपत्र, मत बदर हुने चिन्ता

स्याङ्जा- मतदान अधिकृतको लापरबाहीले स्याङ्जाको एउटा मतदान केन्द्रमा मतपत्र भिजेको