तनहुँ १ मा गोविन्द भट्टराईले स्वीकारे हार « Khabarhub

तनहुँ १ मा गोविन्द भट्टराईले स्वीकारे हार


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको गोविन्द भट्टराईले हार स्वीकारेका छन् । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेसँग दश हजार भन्दा धेरै मतले पछाडि परेपछि भट्टराईले मतगणना नसकिँदै हार स्वीकार गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत नेता भट्टराई चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्दै सानो खुशी पनि दिलाएको महसुस भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘ मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ ।’

उनले ठूला आदर्शभन्दा नागरिकका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : १२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।