पाकिस्तानी विदेशमन्त्री भुट्टोले भारतको भ्रमण गर्ने « Khabarhub

पाकिस्तानी विदेशमन्त्री भुट्टोले भारतको भ्रमण गर्ने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी भारतको भ्रमण गर्ने भएका छन् । साङ्घाई सहयोग संगठनको बैठकमा सहभागी हुन पाकिस्तानी विदेशमन्त्रीले भारत भ्रमण गर्ने भएका हुन् । भुट्टो आगामी मे ४ र ५ मा हुने बैठकमा सहभागी हुने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

बैठकमा संगठनका सदस्य राष्ट्रहरु चीन, रुस, कजाकस्तान, उज्बेकिस्तान, किर्गिस्तानजस्ता मुलुकका प्रतिनिधिको पनि सहभागिता रहने बताइएको छ । भारतमा आयोजना हुने बैठकमा सहभागि हुनेबारे यसअघि पाकिस्तानले आनाकानी गर्दै आएको थियो ।

सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले भारतको भ्रमण गरेयता कुनै पनि सत्तारुढ पाकिस्तानी नेताले भारतको भ्रमण गरेका छैनन् । ९ वर्षपछि हुन लागेको पाकिस्तानी नेताको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : १७ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा