काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्ने « Khabarhub

काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्ने


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा आज नेपाल र भारत भिड्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुने यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुनेछ ।

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो भने भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको हो।

नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ।

आजै बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।​ यस्तै श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तान पनि भिड्नेछन्।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ११ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना