लिग च्याम्पियन भई सकेपछि बार्सिलोनाको लगातार दोस्रो हार « Khabarhub

लिग च्याम्पियन भई सकेपछि बार्सिलोनाको लगातार दोस्रो हार


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ।

यस सिजनका ला लिगा च्याम्पियन भइसकेको बार्सिलोनाले लगातार दोस्रो पराजय भोगे पछि उसको उपाधि जित खल्लो हुन पुगेको छ।

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित हुन पुगेको हो, यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१ ले पराजित ब्योहोर्नु परेको थियो। च्याम्पियन विजेता घोषित भइसके पछि वार्सिलोनको यो लगातार दोस्रो पराजय हो।

खेलको दोस्रो मिनेटमै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोल गरे पछि बार्सिलोना सुरुमा नै पछि पर्न गयो। र, सो खेलको २२औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गरे पछि भालाडोलिडले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो।

दोस्रो हाफको ७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै घरेलु टोलीलाई भालाडोलिडलाई ३–० को फराकिलो अग्रता दिलाउन सफल भए तर ८४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा फर्काउन त फर्काए तर बार्सिलोनाका लागि त्यो पर्याप्त हुन सकेनन्।

अन्ततः दुवै पक्षबाट थप गोल हुन नसके पछि बार्सिलोना ३–१ ले पराजित हुन पुग्यो।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : ४२ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल