काठमाडौँ महानगरको निर्देशन- जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण सक्नू « Khabarhub

काठमाडौँ महानगरको निर्देशन- जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण सक्नू


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०८० का लागि यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न भनेको छ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी जेठ १६ गतेभित्र विभाग र इमेलमार्फत अनिवार्यरूपले विवरण पठाउन भनेको हो।

‘महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्ने’, सूचनामा भनिएको छ, ‘महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ बमोजिमको छात्रवृत्तिको सोही नियममा उल्लेख भएका प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गरी नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नाम विद्यालयको वेबसाइटमा प्रकाशन गर्ने।’

वडाध्यक्ष र जनप्रतिनिधिलाई यसको अनुगमन गर्न पनि विभागले निर्देशन जारी गरेको छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : ५१ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई