तरकारीको मूल्य : सबैभन्दा सस्तो बन्दा, महंगो खुर्सानी « Khabarhub

तरकारीको मूल्य : सबैभन्दा सस्तो बन्दा, महंगो खुर्सानी


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ।

मूल्य सूचीअनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ११ रुपैयाँ ८० पैसा औसत मूल्यमा उपलब्ध हुने भएको छ भने सबैभन्दा महंगो सुकेको खुर्सानी प्रतिकेजी ४६५ रुपैयाँ, किवि र अभाकाडो ४५० रुपैयाँ पर्नेछ।

ठुलो गोलभेँडा, तराई सानो गोलभेँडा, लौका, रायोको साग र रुख कटहर प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेँडा, चिचिन्डो, तने बोडी र लाम्चो भन्टा ३५ रुपैयाँमा किनबेच भइरहेको छ भने टनेल गोलभेँडा ५० रुपैयाँ, रातो आलु ४१ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ४१ रुपैयाँ रहेको छ।

यस्तै, सेतो आलु ३१ रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ ५० पैसा, लोकल गाजर, हरियो खुर्सानी र ब्रोकाउली ७५ रुपैयाँ, मकै बोडी र झिगुनी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, हाइब्रीड घिउ सिमी, भिण्डी र सजिवन ६५ रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसामा पाइनेछ भने तितो करेला ३६ रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तोफु, पालूगो, चमसूर र मेथीको साग प्रतिकेजी ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरिलो, अकबरे खुर्सानी, गुन्द्रुक र फुजी स्याउ २७५ रुपैयाँ रहेको छ।

न्यूरो, रातो बन्दा, जिरीको साग, भेडे खुर्सानी, ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले १९० रुपैयाँ, सौफको साग ११५ रुपैयाँ, पुदीना १९० रुपैयाँ, कागती १९० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २१० रुपैयाँ र लोकल लिच्ची १७५ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ९ : ०० बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण