पाकिस्तानमा पीटीआई नेता कुरेशी र चीमा नजरबन्दमा « Khabarhub

पाकिस्तानमा पीटीआई नेता कुरेशी र चीमा नजरबन्दमा


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख नेता शाह महमुद कुरेशी, जमशेद चीमा र उनकी पत्नी मुसरत चीमालाई बुधबार नजरबन्दमा राखिएको छ ।

पाकिस्तानी समाचार च्यानल एआरवाई न्युजका अनुसार रावलपिण्डीका आयुक्तले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका नेताहरूलाई नजरबन्दमा राख्न आदेश जारी गरेका हुन्  । उनीहरूलाई मेन्टेनेन्स अफ पब्लिक अर्डर (एमपीओ) को दफा ३ अन्तर्गत नजरबन्दमा राखिएको छ । उनीहरूलाई १५ दिनका लागि नजरबन्दमा राखिएको छ ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष समेत रहेका कुरेशीलाई रावलपिण्डीको अडियाला जेलबाट रिहा भएको केही मिनेटमै पुनः पक्राउ गरिएको पाकिस्तानस्थित जियो न्युजले जनाएको छ ।

पार्टी नेता मुसरत जमशेद चीमालाइ रिहाइपछि पुनः तुरुन्त गिरफ्तार गरिएको थियो । पक्राउ परेपछि कुरेशीले जेलबाहिर बोल्दै आफू अझै पनि पीटीआईको हिस्सा रहेको र रहिरहने बताएका थिए ।

त्यसपछि पूर्वमन्त्रीलाई प्रहरीले अज्ञात स्थानमा लगेको जिओ न्युजले जनाएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष शिरीन मजारीले पीटीआई छोड्ने र राजनीति छोड्ने घोषणा गरेको केही घण्टापछि उनले पार्टीमा रहने बताएका हुन् ।

उनले आन्दोलन सिर्जना नगर्ने र मजदुरलाई भड्काउने काम नगर्ने प्रतिबद्धता जनाएपछि इस्लामाबाद उच्च अदालतले मंगलबार कुरेशीलाई रिहा गर्न आदेश दिएको थियो ।

पूर्व प्रधानमन्त्री इमरान खानलाई गत मे ९ मा अल–कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरेपछि पीटीआईका कार्यकर्ताले हिंसात्मक प्रदर्शन सुरु गरेको २४ घण्टाभित्र इस्लामाबादबाट पक्राउ परेका शीर्ष नेतामध्ये कुरेशी पनि एक थिए ।

पञ्जाब र खैबर पख्तुनख्वामा भएको दङ्गा र आगजनीको घटनामा पूर्व विदेशमन्त्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ५ : ५४ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने