पाकिस्तानमा पीटीआई नेता कुरेशी र चीमा नजरबन्दमा | Khabarhub Khabarhub

पाकिस्तानमा पीटीआई नेता कुरेशी र चीमा नजरबन्दमा


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख नेता शाह महमुद कुरेशी, जमशेद चीमा र उनकी पत्नी मुसरत चीमालाई बुधबार नजरबन्दमा राखिएको छ ।

पाकिस्तानी समाचार च्यानल एआरवाई न्युजका अनुसार रावलपिण्डीका आयुक्तले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका नेताहरूलाई नजरबन्दमा राख्न आदेश जारी गरेका हुन्  । उनीहरूलाई मेन्टेनेन्स अफ पब्लिक अर्डर (एमपीओ) को दफा ३ अन्तर्गत नजरबन्दमा राखिएको छ । उनीहरूलाई १५ दिनका लागि नजरबन्दमा राखिएको छ ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष समेत रहेका कुरेशीलाई रावलपिण्डीको अडियाला जेलबाट रिहा भएको केही मिनेटमै पुनः पक्राउ गरिएको पाकिस्तानस्थित जियो न्युजले जनाएको छ ।

पार्टी नेता मुसरत जमशेद चीमालाइ रिहाइपछि पुनः तुरुन्त गिरफ्तार गरिएको थियो । पक्राउ परेपछि कुरेशीले जेलबाहिर बोल्दै आफू अझै पनि पीटीआईको हिस्सा रहेको र रहिरहने बताएका थिए ।

त्यसपछि पूर्वमन्त्रीलाई प्रहरीले अज्ञात स्थानमा लगेको जिओ न्युजले जनाएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष शिरीन मजारीले पीटीआई छोड्ने र राजनीति छोड्ने घोषणा गरेको केही घण्टापछि उनले पार्टीमा रहने बताएका हुन् ।

उनले आन्दोलन सिर्जना नगर्ने र मजदुरलाई भड्काउने काम नगर्ने प्रतिबद्धता जनाएपछि इस्लामाबाद उच्च अदालतले मंगलबार कुरेशीलाई रिहा गर्न आदेश दिएको थियो ।

पूर्व प्रधानमन्त्री इमरान खानलाई गत मे ९ मा अल–कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरेपछि पीटीआईका कार्यकर्ताले हिंसात्मक प्रदर्शन सुरु गरेको २४ घण्टाभित्र इस्लामाबादबाट पक्राउ परेका शीर्ष नेतामध्ये कुरेशी पनि एक थिए ।

पञ्जाब र खैबर पख्तुनख्वामा भएको दङ्गा र आगजनीको घटनामा पूर्व विदेशमन्त्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ५ : ५४ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल