कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत « Khabarhub

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका लागि राहत रकम हस्तान्तरण गरेका छन् ।  

बिहीबार कारागारमा आयोजित एक कार्यक्रमकाबीच कैदीबन्दीका प्रतिनिधिहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन् । 

उक्त रकम बैंकमार्फत ’प्रधानमन्त्री दैवी प्रकोप/राहत कोष’ मा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले रसुवाको बाढी, नुवाकोट तथा त्रिशूली क्षेत्रमा भएको तहसनहस  ’महाप्रलय’ सरहको राष्ट्रिय विपत्ति भएकाले सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।

उनले कानुनी दायराभित्र कारागारमा रहेका कैदीबन्दीहरू पनि यसै देशका नागरिक भएको र विपत्तिको यस घडीमा पीडितहरूप्रति उनीहरूको मन जोडिएको बताएका छन् । 

सहयोग रकम आर्थिक रूपमा जस्तो भए पनि यसको मानवीय महत्त्व र भावना अत्यन्त ठूलो र अमूल्य रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ४ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु