तनहुँका एक सय ५७ सामुदायिक वनमा आगलागी « Khabarhub

तनहुँका एक सय ५७ सामुदायिक वनमा आगलागी


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन नसकिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिका क्षेत्रमा आगलागीका कारण धेरै क्षति भएको उनले बताए । 

बस्ती बढी भएका ठाउँमा डढेलो लाग्ने गरेकाले सुराकी दिने व्यक्तिको नाउँ गोप्य राखी कार्यालयले प्रोत्साहन रकमको समेत व्यवस्था गर्दै आए पनि संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ भएको उनले बताए। 

प्रायःजसो माथि वन र तल खेतबारी रहेका मानिसले वनमा डढेलो लगाउने गरेको पाइएको छ । उनले भने, ‘वनमा डढेलो लगाउँदा बन्ने  खरानी पानी परेसँगै आफ्नो खेतबारीमा बगेर जाने र मल हुने सोचले आगलागीका घटना बढ्ने गरेको छ ।’ 

कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुक्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ ।

वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोटबिरुवालगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । पछिल्लो समय पानी पर्न थालेसँगै आगलागीका घटनामा न्यूनीकरण भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ४ : ३४ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र