सहिद स्मारक ए डिभिजन लिगमा एपीएफद्वारा संकटा पराजित  « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफद्वारा संकटा पराजित 


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । 

बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औं मिनेटमा आवाश लामिछानेले  गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा आवासले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए । जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । संकटाको २१ खेलमा २३ अंक रहेको छ ।

त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीलाई न्युरोड टिम एनआरटीले १–० गोल अन्तरले पराजित गरेको छ । एनआरटीको जितमा कृतिस रत्न छुन्जुले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ । आर्मीको २१ खेलमा २९ अंक रहेको छ । 

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : २० बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु