असारको पहिलो सातादेखि नेपाल एयरलाइन्सले सिड्नीमा उडान गर्ने « Khabarhub

असारको पहिलो सातादेखि नेपाल एयरलाइन्सले सिड्नीमा उडान गर्ने


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय ९स्लट० पाएको छ । 

सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिंगापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ ।

‘आगामी असार ६ गते (जुन २१ तारिख) लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ’, उनले भने । उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ ।  

 त्यस्तै, निगमले सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ । सिंगापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ । निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ ।

 वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर ११ हजार चार सय ६१ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

‘मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ, निगमका सहायक प्रवक्ता घिमिरेले भने । उनका अनुसार मलेसिया–भैरहवाका लागि  एघार हजार चार सय ६१ र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १२ हजार तीन सय ४६ भाडादर कायम गरिएको छ ।

निगमको उडान नम्बर आरए ४२१ जहाज जेठ २९ गते काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते आरए उडान नम्बर ४२२ जहाज क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आइपुग्ने उडान तालिका रहेको छ । यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : ५१ बजे

‘कन्यादानी जाँचले मात्रै बलात्कार पुष्टि गर्दैन’

काठमाडौं- नेपालमा बलात्कारको उजुरी परेपछि सबैभन्दा पहिले पीडितको कन्याजाली जाँच

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक

रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी