पाकिस्तानमा आतङ्ककारी हमलामा ४ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा आतङ्ककारी हमलामा ४ जनाको मृत्यु


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ ।

उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एक जना आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराउँदा तीन जना सुरक्षाकर्मी र एक जना सर्वसाधारणले ज्यान गुमाएका वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाले बताएका छन् ।

नियमित सुरक्षा जाँच भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफूसँग रहेको बम विष्फोट गराएको थियो । आक्रमणमा अन्य दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । उक्त आक्रणको जिम्मेवारी कुनै व्यक्ति वा समूहले लिएको छैन ।

मङ्गलबार बिहान पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका थिए ।

पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको इन्धन उत्खनन कम्पनीमा आतङकवादीले गरेको हमलामा चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’ का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ०४ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको