नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्छ : एमाले सचिव भट्टराई « Khabarhub

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्छ : एमाले सचिव भट्टराई


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् । उनले पार्टीकै अन्य नेताहरुको नाम आएपनि प्रहरी बोलाए बयानका लागि जानुपर्ने जिकिर गरे । भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परेपनि बयानका लागि जाने बताए ।

त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको पहरो तानिएपनि अनुसन्धानबाट पछि हट्न नहुने बताए । उनले यस प्रकरणमा नाम आएकाले प्रहरीसमक्ष गएर बयान दिएर अनुसन्धानमा सघाउनुपर्ने उल्लेख गरे । त्यस्तै, उनले यस प्रकरणमा नाम आएका बहालवाला पदाधिकारीहरुले पनि सम्बन्धित पदबाट हटेर अनुसन्धानमा सघाउनुपर्ने बताए ।

त्यस्तै कांग्रेस सांसद रामहरी खतिवडाले निष्पक्ष छानविन हुनुपर्ने र बयानमा नाम आएकाहरुले पनि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषीलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : १७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज