नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्छ : एमाले सचिव भट्टराई « Khabarhub

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्छ : एमाले सचिव भट्टराई


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् । उनले पार्टीकै अन्य नेताहरुको नाम आएपनि प्रहरी बोलाए बयानका लागि जानुपर्ने जिकिर गरे । भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परेपनि बयानका लागि जाने बताए ।

त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको पहरो तानिएपनि अनुसन्धानबाट पछि हट्न नहुने बताए । उनले यस प्रकरणमा नाम आएकाले प्रहरीसमक्ष गएर बयान दिएर अनुसन्धानमा सघाउनुपर्ने उल्लेख गरे । त्यस्तै, उनले यस प्रकरणमा नाम आएका बहालवाला पदाधिकारीहरुले पनि सम्बन्धित पदबाट हटेर अनुसन्धानमा सघाउनुपर्ने बताए ।

त्यस्तै कांग्रेस सांसद रामहरी खतिवडाले निष्पक्ष छानविन हुनुपर्ने र बयानमा नाम आएकाहरुले पनि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषीलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : १७ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि